Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

साढे ३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ

१९ असोज,   खबरमञ्च,   at 3:42 PM

By   /  October 5, 2021  /  Comments Off on साढे ३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ

    Print       Email

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले जिल्ला अदालत मोरङबाट सफाइ पाएका छन् ।

उक्त काण्डमा मुछिएका ८ जनालाई दोषी ठहर गर्दै सबै प्रहरीलाई अदालतले सफाइ दिएको हो।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालिन अपराध महाशाखा प्रमुख पूर्व एआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१४ ग्राम ब्राउन सुगरसहित झापाबाट एक पुरुष पक्राउ

Read More →