Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

सागमा स्वर्ण पदक विजेतालाई जनही नौ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा

२५ मंसिर,   खबरमञ्च,   at 4:17 PM

By   /  December 11, 2019  /  Comments Off on सागमा स्वर्ण पदक विजेतालाई जनही नौ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा

    Print       Email

काठमाडौं । १३ औं साग खेलकुदमा स्वर्ण पदक विजेतालाई जनही नौ लाख रुपैयाँ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन्। एक भन्दा बढी स्वर्ण पदक विजेतालाई ११ लाख रुपैयाँ दिइने उनले घोषणा गरे।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा विजयी खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ रकमको घोषणा गरेका हुन्।  बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरे।

रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा प्रधानमन्त्रीले गरे।

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

म्याच फिक्सिङकाे आराेप लागेका सबैले पाए सफाइ

Read More →