Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

साउन ६ सम्मका लागि संसद बैठक स्थगित

असार ३१,   खबरमञ्च,   at 3:38 PM

By   /  July 15, 2016  /  Comments Off on साउन ६ सम्मका लागि संसद बैठक स्थगित

    Print       Email

झापा ।   प्रमुख दलहरूबीच संसदको कार्यसूचीमा सहमति जुट्न नसकेपछि संसदको बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले सूचना निकालेर शुक्रबार बोलाइएको संसद बैठक सुरु नै नगरी साउन ६ गते बस्ने गरी अर्को बैठक बाेलाएकी हुन् ।

सूचनामा साउन ६ गतेको बैठकमा सरकारमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुने पनि उल्लेख गरिएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित गर्नुपर्ने थियो । संसद बैठक नै स्थगित भएपछि यी विधेयक पारित नहुने निश्चित भएको छ । दुवै विधेयक पारित नहुँदा सरकारलाई कर तथा ऋण उठाउन समस्या हुन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्धः मन्त्री गुरुङ

Read More →