Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

साउदीमा कोरोना नियन्त्रणमा कडाई, खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने

७ साउन,   खबरमञ्च,   at 12:42 PM

By   /  July 22, 2021  /  Comments Off on साउदीमा कोरोना नियन्त्रणमा कडाई, खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने

    Print       Email

काठमाण्डौ । साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् ।

साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो ।

त्यस्तै ब्युटि पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पछिल्लो समय कडाई गरिरहेको छ ।

यसपालीको हजमा पनि साउदीले आफ्ना देशका ६० हजार नागरिकलाई मात्र अनुमती दिएको थियो ।

हज जाने यात्रीका लागि कोरोना विरुद्धको दुवै खोप अनिवार्य गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बालकको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

Read More →