
काठमाडौँ । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी प्रकरणलाई एमालेसँग नजोड्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महासेठले भने,’मन परेन कि अपराधी भन्ने ? ३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो ।लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । गृहमन्त्रालयलाई मेरो अनुरोध छ कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस् एमालेको नेताबाट बाधा आउँदैन ।’