Loading...
You are here:  Home  >  समाज  >  Current Article

सर्वोच्चद्वारा नक्कली भ्याट बिल प्रयोग गरि राजश्व छल्ने पाँच कम्पनी दोषी ठहर

२८ पुस,   खबरमञ्च,   at 7:42 PM

By   /  January 13, 2020  /  Comments Off on सर्वोच्चद्वारा नक्कली भ्याट बिल प्रयोग गरि राजश्व छल्ने पाँच कम्पनी दोषी ठहर

    Print       Email

 

काठमाडौं । सर्वोच्च अदालतले मूल्य अभिवृद्धि र आय कर सम्वन्धी दश वर्षअघिको विवादको सुनुवाइ गर्दै निजी क्षेत्रका पाँच कम्पनीहरुलाई दोषी ठहर गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले शंकर अक्सिजन ग्यास प्रालि, एआइटी प्रालि र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र बीएस बानियाँ स्टोरलाई दोषी ठहर गरेको हो।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दामा सोमबार सुनुवाई गर्दै सर्वोच्चले उक्त फैसला सुनाएको हो ।

उक्त मुद्दामा अघिल्लो साताबाट सुनुवाइ भए पनि फैसला हुन सकेको थिए। यी मुद्दा हेर्दाहेर्दैमा थियो।

१० वर्षअघि राजस्व न्यायाधीकरणबाट कर छलीमा दोषी ठहर भएपछि भाटभटेनीसहितका अन्य पाँच कम्पनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए। सोमबार मुद्दा टुंग्याउँदै सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदसर गर्दै कम्पनीहरुलाई दोषी ठहर गरेको हो । फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

Read More →