
काठमाडौं । अदालतले खारेज गरिदिएको नेकपाको प्रचण्ड-माधव समूहले सर्वोच्च अदालतको फैसलाविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ ।
सोमबार पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार विपक्षी नेकपाले यस्तो निर्णय गरेको हो ।
‘सर्वोच्चको फैसलाविरुद्ध हाम्रो गम्भीर ध्यानाकर्ष भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो फैसला राजनीतिक फैसला भएको छ । यसकारण हामीले यसबारे थप बुझ्दैछौँ । कानूनी उपचारको बाटोबारे बुझ्दैछौँ ।’
आजको बैठकमा यसबारे पनि गम्भीर रुपमा छलफल भएको उनले जानकारी दिए ।