
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतले भस्मासुरको वध गरेको प्रतिक्रिया दिएका छन् ।
उपचारका क्रममा नयाँदिल्लीमा रहेका भट्टराईले ट्वीट गर्दै सर्वोच्चको फैसला सुन्दा आफ्नो रोग पनि हराए झैं भएको बताएका छन् ।
उनले भनेका छन, ‘हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो’