
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्णय बदर गर्ने सर्वाेच्च अदालतकाे फैसलाले देशलाई दिशाहिन हुनबाट जाेगाएकाे बताएका छन् ।
खबरमञ्चलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने,”सर्वाेच्चकाे फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको छ, संविधान र लोकतन्त्रको रक्षा गरेको छ।’
प्रधानमन्त्री ओलीले पार्टीभित्रकाे आन्तरिक विवादकै कारण पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।