Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरिता गिरीद्वारा निशान छाप सम्बन्धी संविधान संशाेधन विधेयक खारेजीकाे माग गर्दै संशाेधन दर्ता

२८ जेठ,   खबरमञ्च,   at 4:10 PM

By   /  June 10, 2020  /  Comments Off on सरिता गिरीद्वारा निशान छाप सम्बन्धी संविधान संशाेधन विधेयक खारेजीकाे माग गर्दै संशाेधन दर्ता

    Print       Email

काठमाडाैं । समाजजादी पार्टीकी सांसद सरिता गिरीले निशान छाप  सम्बन्धी संविधा संशाेधन विधेयक खारेजीकाे माग गर्दै संशाेधन हालेकी छन् ।

सांसद गिरीले संसद सचिवाल‍यमा पुगेर संशाेधन दर्ता गराएकी हुन् ।

स्रोत र प्रमाण बिना सरकारले नेपालको नयाँ नक्सा जारी गरेकाे भन्दै नक्सासँग सम्बन्धित संशाेधन विधेयक खारेजीका लागि संशाेधन दर्ता गर्नुपरेकाे गिरीले उल्लेख गरेकी छिन् ।

यसअघि जेठ ४ गतेकाे प्रतिनिधिसभा बैठकमा पनि सांसद गिरीले सरकारले भारत र चीनसँग सल्लाह नगरी नक्सा जारी गर्ने निर्णय गरेकाे भन्दै विराेध गरेकी थिइन् । त्यसयता पनि उनले सञ्चारमाध्यममार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

समाजवादी पार्टीका अन्य सांसदहरुले विधेयककाे समर्थनमा मतदान गर्ने बताइसकेकाे भएपनि पार्टीले संस्थागत निर्णय भने गरेकाे छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाल प्रतिबद्धः प्रधानमन्त्री ओली

Read More →