Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात, दैनिक ९ अर्ब खर्च

२१ वैशाख,   खबरमञ्च,   at 12:06 PM

By   /  May 4, 2021  /  Comments Off on सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात, दैनिक ९ अर्ब खर्च

    Print       Email

काठमाडौं । निषेधाज्ञा भएपनि सरकारी ढुकुटी सहज अवस्थामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

स्वीकृत बजेटभित्र रहेर कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या नभएको महालेखाले जनाएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले सरकारी खातामा पैसाको समस्या नभएको बताएका छन् । उनका अनुसार सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात छ ।

वैशाख १७ गतेसम्म कूल आम्दानी ८ खर्ब ५४ अर्ब छ भने खर्च ७ खर्ब ५८ अर्ब भएको छ ।

औसतमा सरकारको दैनिक खर्च ९ अर्ब रुपैयाँ हुने गरेको महालेखाले जनाएको छ । तर ठूलो भुक्तानी गर्नुपर्ने बेला र दशैँको भत्ता वितरणमा भने दोब्बर खर्च हुने गरेको छ ।

यसअघिको लकडाउनका कारण सरकारको ढुकुटी चापमा परेको थियो । तर अहिले निषेधाज्ञा भएकाले सिमित क्षेत्रहरु स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्न पाइने भएपछि सरकारको ढुकुटीमा चाप पर्न पाएको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

Read More →