Loading...
You are here:  Home  >  अपराध  >  Current Article

सरकारले सूचना लुकाएकाे भन्दै काेराेनाका विषयमा अफवाह फैलाउने युवक प्रहरी फन्दामा

८ चैत,   खबरमञ्चडेस्क,   at 7:03 PM

By   /  March 21, 2020  /  Comments Off on सरकारले सूचना लुकाएकाे भन्दै काेराेनाका विषयमा अफवाह फैलाउने युवक प्रहरी फन्दामा

    Print       Email

काठमाडौं । कोभिड १९ को विषयमा भ्रमपूर्ण अडियाे बनाएर जनतामा  अफवाह फैलाउने कार्यमा संलग्न एकजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

भ्रमपूर्ण अडियो क्लिप बनाइ सामाजिक सञ्‍जालमार्फत भाइरल बनाएकाे भन्दै प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरेको हो ।

मगरले उक्त कार्य गरेकाे पूष्टि भए प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।

मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले दिएको भन्दै अडियाे क्लिप सेयर गरेका थिए । उनले सरकारले काेराेना संक्रमितकाे विषयमा सूचना लुकाइरहेकाे भन्दै अाफूले भनेकाे कुरा सही भएकाे बताएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेचीनगर ४ का प्रधानको हत्या, रातारात पक्राउ परे अभियुक्त

Read More →