Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुराएको ओलीको आरोप

७ असार,   खबरमञ्च,   at 7:33 PM

By   /  June 21, 2022  /  Comments Off on सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुराएको ओलीको आरोप

    Print       Email

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुराएको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा पूर्व राजदूतहरुको समूहले आयोजना गरेको अन्तक्रियामा ओलीले राष्ट्रियताका बिषयमा उठेका बिषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताउनु भएको हो ।

प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका बिषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए। उनले अबको समय निषेधको नभइ सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए ।

ओलीले देशको बिकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरुसंगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताए । ओलीले बलिया राष्ट्रसंग हुने सम्झौता एक पटक गरेपछि तोड्न कठिन हुने भन्दै बिचार गरेर स्म्झौता गर्नुपर्ने बताए ।

ओलीले अन्य मुलुकसंग देखिएका समस्या समाधानका लािग पनि नेपाल अडिक भएर आफ्नो धारणा स्पष्ट राख्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →