Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पठनपाठन सुरु गर्दै (हेर्नुस् समय तालिका)

३२ जेठ,   खबरमञ्चडेस्क,   at 10:47 AM

By   /  June 14, 2020  /  Comments Off on सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पठनपाठन सुरु गर्दै (हेर्नुस् समय तालिका)

    Print       Email

काठमाडाैं ।  सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पठनपाठन सुरु गर्ने भएको छ ।

लकडाउनका विद्यालयहरु बन्द रहेकाे अवस्थामा सरकारले शैक्षिक सत्र नबिग्रियाेस् भनेर  एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् पठनपाठन सुरु गर्न लागेकाे हाे ।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।

असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →