
काठमाडौँ । विज्ञापन नियमनसम्बन्धमा व्यवस्था गर्न बनेकाे ऐनमा व्यवस्था भए बमाेजिम सरकारले विज्ञापन बोर्ड गठन गरेको छ ।
सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड गठन गरेको हो । ऐनमा भएकाे व्यवस्था बमाेजिम मन्त्रालयले बाेर्डमा ५ जना सदस्य नियुक्त गरेकाे छ । जसमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवार रहेका छन् । उनीहरूको कार्यकाल चार वर्ष हुनेछ ।
बोर्डका अन्य सदस्यमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चार मन्त्रालयका सहसचिव रहनेछन् ।
बोर्ड अध्यक्ष भने खुलाबाट प्रतिष्पर्धाबाट ल्याउनु पर्ने कानुनी व्यवस्था छ ।