Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारको लापरवाहीका कारण कोरोना भाइरस महामारी नेपालमा विकराल बन्दैः राप्रपा

२० जेठ,   खबरमञ्च,   at 5:31 PM

By   /  June 2, 2020  /  Comments Off on सरकारको लापरवाहीका कारण कोरोना भाइरस महामारी नेपालमा विकराल बन्दैः राप्रपा

    Print       Email

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको लापरवाहीका कारण कोरोना भाइरस महामारी नेपालमा विकराल बन्दै गएको ठहर गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई महिना वितिसक्दा पनि नेपाल सरकारले अपनाउनु पर्ने कार्य योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना भाइरसको संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको ठहर गरेको राप्रपाले ठहर गरेको हो।

लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोनाविरुद्ध औषधिको उपलब्धता, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको भन्दै औषधि खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको पार्टीका तीन जना अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले बताए।

तीन जना अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म कोरोनाको विरुद्ध नेपाल सरकारले निरन्तर रुपमा लकडाउन नीति अपनाएको हो, जुन आफैमा ठिक थियो । तर यो नीति लागु भएको दुई महिना विति सक्दा पनि नेपाल सरकारले अपनाउनु पर्ने अन्य कार्य योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको छ।’

राप्रपाले कोरोना नियन्त्रणको ठूलो जिम्मा स्थानीय तहमा दिएपनि यसबारे साधन, श्रोत र स्पष्ट मार्गनिर्देशनको अभावमा स्थानीय सरकारहरुले प्रभावकारी काम गर्न नसक्दा रोगको समयमा पनि स्थानीय निकायहरु दलगत राजनीति भन्दा माथि उठ्न नसकेको जनाएको छ ।

राप्रपाले भनेको छ, ‘कोरोना पीडित ज्यालादारी मजदुर र सेवा क्षेत्रमा लागेका हजारौ व्यक्तिहरु आम्दानी विहिन भएका छन् । उनीहरुलाई प्रभावकारी रुपमा न राहतको व्यवस्था छ न आफ्नो गाउँमा जानको लागि कुनै सहयोग छ । हजारौ परिवार विचल्लीमा छन् र भोकभोकै रहने स्थिति छ तर सरकार किंकर्तब्यविमुख रहेको छ । भारतबाट हजारौको संख्यामा नेपालीहरु देशमा आउँदैछन् । उनीहरुको स्वास्थ्य स्थितिबारे साधारण अनुगमन गर्न पनि राज्य असफल हुँदैछ । उनीहरु ग्रामीण क्षेत्रमा पुग्दा त्यसबाट कोरोना गाउँ–गाउँमा फैलिने सम्भावनाबारे राज्य आफ्नो जिम्मेवारीबाट पन्छिएको देखिन्छ । यो भनेको सरकार नहुनुको स्थिति हो ।’

राप्रपाले कोरोनासँग लड्न सरकारको अहिलेसम्मको गतिविधि लकडाउन बाहेक अन्य कुनै प्रभावकारी प्रयास नभएको भन्दै महिनौसम्म अर्थतन्त्र ठप्प हुँदा देशमा र विशेष गरेर दूर्गम क्षेत्रमा भोकमरीको खतरा बढेर गएको पनि जनाएको छ । कोरोना नियन्त्रण गर्ने उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायत भएको उच्चस्तरीय समिति रहेपनि समितिले समस्याको समाधान खोज्नेतर्फ कुनै विश्लेषण, चिन्तन र दिशावोध नगरेको जनाएको छ ।

राप्रपाले कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन र निम्न आय भएका गरिब, ज्यालादारी मजदुर र असहाय जनताप्रति सम्वेदनशील भएर नेतृत्व दिने काम नेपाल सरकारले नगरेको हो  या गर्न नसकेको भन्दै यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पीडा र कष्ट भोग्नु पर्नेतर्फ सरकारको ध्यानआकर्षण गराएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भदाै १५ सम्म हवाई उडान र लामाेदूरीका गाडि नचल्ने

Read More →