Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारको निर्देशन: गणतन्त्र दिवसका अवसरमा जेठ १४, १५ र १६ गते दीपावली गर्नू

१४ जेठ,   खबरमञ्च,   at 5:28 PM

By   /  May 27, 2020  /  Comments Off on सरकारको निर्देशन: गणतन्त्र दिवसका अवसरमा जेठ १४, १५ र १६ गते दीपावली गर्नू

    Print       Email

काठमाडौं । भाेलि जेठ १५ अर्थात गणतन्त्र दिवस ।

यसपटक काेराेना भाइरस संक्रमणकाे त्रासका कारण कुनै औपचारिक कार्यक्रम हुने अवस्था छैन । त्यसैले सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिन दीपावली गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न निर्देशन दिने निर्णय भएकाे थियाे ।

साेही निर्णय बमाेजिम गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएकाे हाे ।

यसबारे मन्त्रालयले तीनै तहका सरकार, सबै सरकारी कार्यालय, विदेशस्थित दूतावास, नियोग र वाणिज्य दूतावासलाई पनि निर्णयको जानकारी गराएको पनि जनाएकाे छ ।

यस्तै, सरकारले आम नागरिक र गैरसरकारी संस्थालाई पनि दीपावली गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्राकृतिक प्रकोपले निम्त्याएकाे पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन्ः पूर्वराजा शाह

Read More →