
काठमाडौं । सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निशुल्क पाइने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले ९८ प्रकारका औषधि निःशुल्क पाइने बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।