Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

समृद्ध नेपाल निर्माणमा अघि बढ्न देशवासीलाई राष्ट्रपतिको आग्रह

जेठ १५,    at 1:02 PM

By   /  May 28, 2016  /  Comments Off on समृद्ध नेपाल निर्माणमा अघि बढ्न देशवासीलाई राष्ट्रपतिको आग्रह

    Print       Email

राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न राष्ट्रपति विद्या देवि भण्डारीले सबैलाई आग्रह गरेकी छन् ।

गणतन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको सन्देशमा राष्ट्रपति भण्डारीले पहिलोपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको र यसको कार्यान्वयन सुरु भइरहेको  बताएकी छिन् । उनले ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई पूर्ण सार्वभौम बनाएको जारी सन्देशमा उल्लेख गरेकी छन् ।

राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिंगो मुलुक आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने पनि उनको सन्देशमा उल्लेख छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल सरकारले भन्याेः बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’

Read More →