Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

६ माघ,   रचना शर्मा,   at 5:09 PM

By   /  January 20, 2020  /  Comments Off on आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

    Print       Email

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी जवानसंगको विवादपछि गायिक आस्था राउत अहिले चर्चामा छिन्। विभिन्न कार्यक्रमको सिल्सिलामा उनी अहिले भारतको सिक्किम राज्यमा छिन्।

विमानस्थलको घटनापछि जब उनी फेसबुकमा आइन् तब उनको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुन थाले।

अधिकांशको राय थियो, ‘राउतले गल्ती गरेको हो’ भन्ने। फेरि फेसबुक लाइभमा आइन्। टिका टिप्पणी अझ बढे। धेरैले भने, ‘उनको बोलीको ठेगान छैन।’

अहिले ती महिला प्रहरी जवानको उजुरीका आधारमा आस्था राउतलाई पक्राउ गरि कानुनी कारबाही अगाडि बढाउने प्रक्रिया प्रहरीले शुरु गरेको विषयमा फेरि सामाजिक सञ्जालमा बहस शुरु भएको छ।

जमात फेरि राउतको पक्षमा उभिएको छ। अहिले भनिन थालिएको छ, ‘त्यति कुरा अभिव्यक्त गरेकै आधारमा अपराधीलाई जस्तो व्यवहार गरिनु हुन्न।’

एक हिसाबले अहिले तर्कलाई मान्न सकिने अवस्था छ। ती भन्दा जटिल किसिमका कैयौं घटना भएका छन् जुन माफी योग्य छैनन्। तर पनि त्यस्ता घटना सामसुम भएका छन्।

याे पनि पढ्नुस्ः आस्था राउत प्रकरणः विमानस्थलदेखि फेसबुक लाइभ हुँदै प्रहरी जवानको उजुरीसम्म

कतिलाई मिलापत्र गराइएका घटना पनि छन्। कतिलाई सम्झाइ बुझाइ पठाइएका घटना पनि जुन उल्लेख गरिरहन पर्दैन।

रह्यो प्रहरी जवानको कुरा। विमानस्थलमा भएको घटनाको भिडियोमा महिला जवानको जवानको आवाज छैन। अहिलेसम्म उनले त्यहाँ के बोलिन् भन्ने त्यहाँ रहेका प्रत्यक्षदर्शीलाई बाहेक अन्य कसैलाई पनि थाह छैन।

हाउभाउ आस्था राउतको असंवेदनशील नै थियो। तर सुरक्षा जाँचको संवेदनशील स्थानमा आस्थाको हाउभाउ कसरी असंवेदनशील बन्यो प्रहरीका हाकिमले राम्ररी जाँच गरुन्। प्रहरी जवान पनि नेपाली नागरिक हुन्। सुरक्षाकर्मीको पोषाक लगाउँदैमा नागरिकलाई अपमान हुने किसिमका अभिव्यक्ति दिन पाइँदैन।

आस्था राउतले गल्ती गरेकै हुन्। विमानस्थल सुरक्षाका दृष्टिकोणले अति संवदेनशील स्थान मानिन्छ। खासगरि सामाजिक सञ्जालमा सुरक्षा, सीमा, अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक सदभाव विथोलिने किसिमका उत्तेजक अभिव्यक्ति दिनु आपत्तिजनक नै हो।

उनको व्यवहार र पटक पटकका फेसबुक लाइभले उनी यो विषयमा परिपक्व छिन् जस्तो लाग्दैन। जुन कुरा उनलाई सिकाउनु पर्छ। प्रहरी उच्च पदस्थ अधिकारीहरुले आस्थालाई मात्र होइन ती महिला प्रहरी जवानलाई समेत राखेर सम्झाइ बुझाइ गरेर पठाइदिए दुवैको भलो हुनेछ।

प्रहरी हरेको नागरिकको अभिभावक पनि हो। कानुनको पालना गराउन मुद्दा मात्र चलाएर मात्र नहुने वर्तमान परिस्थितिमा नागरिकलाई जवाफदेही बनाउन पनि प्रहरी पछि पर्नु हुँदैन। जवाफदेही बनाउने कुरा प्रतिशोध साँधेर मात्र पनि हुँदैन।

दुवैको भलोका लागि दुवैजनाको कुरा सुनेर उनीहरुका कार्य क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपर्ने किसिमले यो मामिला प्रहरीले किनारा लगाइदेओस् भन्ने अधिकांशको राय बुझिन्छ।

याे पनि पढ्नुस्ः प्रहरीमा नयाँ दृश्यः पहिलो पटक ‘हाकिम’ जवानको पक्षमा !

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना महामारीमा सार्वजनिक यातायातः ‘न स्यानिटाइजर, न दूरी, भाडामात्र बढी’

Read More →