Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

सबै विद्यालय खाेल्न दिने सरकारकाे निर्णय

२० पुस,   खबरमञ्च,   at 6:32 AM

By   /  January 4, 2021  /  Comments Off on सबै विद्यालय खाेल्न दिने सरकारकाे निर्णय

    Print       Email

काठमाडौं । काेराेना संक्रमण त्रासका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।

गत वर्ष चैत महिनादेखि बन्द गरिएका विद्यालय खुला गर्न सकिने निर्णय कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले गरेको हो ।

आवश्यक परेको अवस्थामा पुन विद्यालयलगायतका क्षेत्र बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई दिइएको छ। सिसिएमसीको यो निर्णयसँगै करिब १० महिनापछि सबै विद्यालय खोल्न अनुमति दिइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा खुला गर्ने र आवश्यक परे बन्द गर्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी

Read More →