Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सत्ता गठबन्धनः चुनावी तालमेलका लागि बनेको कार्यदलको संयोजकमा सिटौला चयन

२३ साउन,   खबरमञ्च,   at 8:12 PM

By   /  August 8, 2022  /  Comments Off on सत्ता गठबन्धनः चुनावी तालमेलका लागि बनेको कार्यदलको संयोजकमा सिटौला चयन

    Print       Email

काठमाडौं । आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो ।

कार्यदलले मूल रुपमा सिट बाँडफाँटको प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकमा कार्यदल सदस्यहरुले गठबन्धनलाई अघि बढाउने बिषयमा आ-आफ्नो पार्टीभित्र भएका छलफलका बारेमा जानकारी गराएका थिए ।

कार्यदलको अर्को बैठक साउन २६ गते बस्ने र तालमेलको मोडालिटिका बिषयमा थप छलफल हुने कांग्रेस नेता कार्कीले बताए ।

यसअघि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की तथा नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →