
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारमा तमासा भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बालुवाटारमा तमासा छ ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुराेध छ : अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’