
काठमाडौं । हिजो संसद भवन नयाँ बानेश्वर छेउ आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
उक्त घटनामा उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।