Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

संसद अधिवेशन अघि सभामुखलगायत सबैको पिसिआर परीक्षण गरिने

२१ बैशाख,   खबरमञ्च,   at 3:24 PM

By   /  May 4, 2021  /  Comments Off on संसद अधिवेशन अघि सभामुखलगायत सबैको पिसिआर परीक्षण गरिने

    Print       Email

काठमाडौं । बैशाख २७ गते आह्वान गरिएको संसद अधिवेशन अघि सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत सबैको पिसिआर परीक्षण गरिने भएको छ।

संघीय संसद सचिवालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको पिसिआर परीक्षणको तालिका सार्वजनिक गरेको हो।

भोलि बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सबै सांसदहरूको पिसिआर परीक्षण गरिने भएको छ।

सोही दिन संसद सचिवालयका महासचिव, सचिवलगायत सबै कर्मचारी तथा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका निजी सचिवालयका कर्मचारीहरूको पिसिआर परीक्षण हुने भएको हो।

२३ गते बिहीबार संसद भवन नयाँ बानेश्वरमा कार्यरत कर्मचारी, मर्यादापालक, संघीय मामिला पत्रकार समाजका सबै पत्रकार, स्वकीय सचिवलगायत कर्मचारी, सुरक्षाकर्मी तथा छुटपुट भएका सबैको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने भएको छ।

सूचनाः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →