Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैनः झलनाथ खनाल

५ असोज,   खबरमञ्च,   at 7:56 PM

By   /  September 21, 2022  /  Comments Off on संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैनः झलनाथ खनाल

    Print       Email

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल तमु संघ(समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।

नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए ।

उनले आफ्नै देशको राष्ट्रपतिबिरुद्ध असंवैधानिक काम गर्यो भन्ने बोल्न बाध्य भएको बताए ।

यसअघि पनि केपी ओलीको गुटले गरेको संसद बिघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे ।

खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →