Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारले ल्याएकाे संविधान संशाेधन प्रस्तावमा समर्थन गर्ने कांग्रेसकाे निर्णय

१७ जेठ,   खबरमञ्च,   at 10:49 PM

By   /  May 30, 2020  /  Comments Off on सरकारले ल्याएकाे संविधान संशाेधन प्रस्तावमा समर्थन गर्ने कांग्रेसकाे निर्णय

    Print       Email

काठमाडाैं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरेकाे छ ।

शनिबार अबेर रातिसम्म चलेकाे पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निशान छाप परिवर्तनका लागि गर्न लागिएकाे संविधान संशाेधन प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आज केन्द्रीय समिति बैठक बोलाइएको थियाे  ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्छः वामदेव गौतम

Read More →