Loading...
You are here:  Home  >  छापामा  >  Current Article

संविधान संशाेधनकाे विधेयक प्रक्रिया छरिताे बनाउन सभामुखद्वारा दलीय परामर्श

१२ जेठ,   खबरमञ्च,   at 6:24 AM

By   /  May 25, 2020  /  Comments Off on संविधान संशाेधनकाे विधेयक प्रक्रिया छरिताे बनाउन सभामुखद्वारा दलीय परामर्श

    Print       Email

काठमाडौँ । संविधान संशोधनको विधेयकको प्रक्रिया तथा बजेट छलफल छरितो बनाउनेबारे सभामुख अग्निप्रसाद सापकोटाले दलीय परामर्श गरेका छन् ।

आइतबार कार्य व्यवस्था परामर्श समितिमा सभामुख सापकोटाले दलका प्रमुख सचेतक तथा सचेतकसँग परामर्श गरेका हुन् ।

बैठकले फेरिने निशान छाप अनुसार सङ्घीय संसद्का सदस्यको लोगो परिमार्जनको प्रबन्ध गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा बजेट छलफल छोटो र छरितो बनाउने गरी दलभित्र भूमिका खेल्न प्रमुख सचेतकसँग सभामुखले आग्रह गरेका छन् ।

यस्तै संविधान संशोधनको प्रस्तावमा अघि बढ्न आवश्यक परे दलीय परामर्श गर्न पनि सुझाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले भने,’ संविधान संशोधन प्रक्रियागत कुरा भयो । यसमा के कसरी अघि बढ्ने राजनीतिक विषय पनि हुन्छ । यदि त्यस्तो भएमा थप छलफल गर्न दल बीचमा आग्रह भएको छ । बजेट छलफल छरितो र छोटो बनाएर अघि बढ्ने पनि छलफल भयो । हामीले सुझाव दिएका छौँ । बाँकी व्यवस्थापन सचिवालयबाट हुनेछ भन्नुभयो ।’

कोरोना कहरबीच बजेट अधिवेशन सुरु भएको छ । पूर्वबजेट र नीति तथा कार्यक्रम पनि अघिल्लो वर्षको भन्दा छोटो बनाइएको छ । सोही अनुसार बजेट छलफल पनि छरितो बनाउने गरी दलीय परामर्श भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै निजी विद्यालय

Read More →