Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

संविधान,देश र संघीयता

2016/05/28,   प्रकाश कश्यप,   at 5:48 AM

By   /  May 28, 2016  /  Comments Off on संविधान,देश र संघीयता

    Print       Email

आज रुँदैछ मन,

खै छातीको कुन कुना भक्कानिँदैछ पत्तो छैन,

डुब्दैछन आँखा आँसुका आहालमा,image

मेरो देश सँग-सँगै टिलपील छन आँखाहरु ।

अनि- देख्दैछ यो आँखालेति आदेशानुसारी व्याधाहरुको ताण्डव ।

अनि- खण्डमा विभाजीत संघीयता ,

पक्षपाती संविधान

र गर्वेटुहुरो बन्न बाध्य

बालकको भविष्यमा भोजको आयोजना गर्ने पाखण्डी नेतृत्वलाई धिक्कार्दैछ मनले ।

उसले संविधान खोजेको हैन

उसले त विकास खोजेको हो,

स्थायित्व अनि विकेन्द्रिकरण खोजेको हो ।

सगरमाथाको टाकुराबाट बुद्दको सन्देश फुक्न चाहन्छ उ।

अनि पहिचान र संघीयताको भुमरि बाहिर

कर्णालीको भोकमारी साम्य पार्न चाहन्छ मेरो देश ।

दाईजोका नाममा आफ्नै लोग्नेबाट जल्ने त्यो मधेसमा नागरिक शिक्षा चाहेको हो ।

आउ!

उसलाई काँधमा काँध देउ

एकरुपता देउ

चयनको निन्द्रा देउ

भाइचारा र अमन चयन देउ,

उसले मधेसमा लालीगुराँस

पहाडमा गुलमोहर फलाएर देखाउने छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पत्रकार तीर्थ सिग्देलको पुस्तक ‘एक दिन’ मन्त्री भुसालद्वारा बिमोचन

Read More →