Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संवादहीनताबीच ओली र प्रचण्डको वार्तामा के भयो?

२ माघ,   खबरमञ्च,   at 3:31 PM

By   /  January 16, 2020  /  Comments Off on संवादहीनताबीच ओली र प्रचण्डको वार्तामा के भयो?

    Print       Email

काठमाडौं । पाँच दिनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो ।

अध्यक्षद्वयबीच सभामुखका लागि उम्मेदवारका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

करीब २ घन्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सभामुख चयनका लागि दुई अध्यक्षले फरक फरक नेतालाई अघि सारेपछि समस्या उव्जिएको थियो । तर आजको छलफल सकारात्मक रुपमा अघि बढेको ‘ब्रिफिङ’ प्रचण्डले सचिवालयलाई गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि बालुवाटारबाट बाहिरिँदा प्रचण्ड हर्षित देखिएको श्रोतको भनाइ छ ।

ओलीले यसअघि सुवास नेम्वाङलाई सभामुख बनाउने अडान राखेका थिए भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए ।

सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको भएपनि उनले पार्टीका दुई अध्यक्षहरुसँगको भेटवार्तामा आफूले राजीनामा नदिने चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्त्री बन्ने बामदेवकाे याेजनामा सर्वाेच्चकाे ब्रेक

Read More →