Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले नयाँ योजना दिन सकेनः कांग्रेस महामन्त्री कोइराला

२३ असार,   खबरमञ्च,   at 6:25 PM

By   /  July 7, 2020  /  Comments Off on संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले नयाँ योजना दिन सकेनः कांग्रेस महामन्त्री कोइराला

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन्।

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना वीपीको प्रजातान्त्रीक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल पानी जहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए।

गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दुरी कम गर्ने वीपी कोइरालाको प्रजातान्त्रीक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे ।

१४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ उर्जा थप गर्ने कोइरालाको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्तकालिन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा वीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको धारणा राखे।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →