Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी

७ साउन,   खबरमञ्च,   at 7:19 AM

By   /  July 23, 2022  /  Comments Off on श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी

    Print       Email

काठमाडौं । श्रीलंकामा  सरकार विरोधी प्रदर्शन जारी छ ।

सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् ।

सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन्  ।

दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ ।

प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् । पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको शपथ लिएका थिए ।

६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारी विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि  विरोध प्रदर्शन केही मत्थर भएको छ ।

राष्ट्रपतिलाई देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिनेबारे प्रदर्शनकारीमा दुई मत देखिएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

Read More →