Loading...
You are here:  Home  >  समाज  >  Current Article

शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

२३ असार,   खबरमञ्च,   at 6:28 PM

By   /  July 7, 2020  /  Comments Off on शैलेश थापा क्षेत्री २८ औं प्रहरी महानिरीक्षक

    Print       Email

विर्तामोड । एकजना कर्तव्यनिष्ठ, लगनशील, यस अघि कहिले पनि विवादमा नपरेका प्रहरी संगठनका मेरूदण्ड शैलेश थापा क्षेत्री २८ प्रहरी महानिरीक्षकको रूपमा बढुवा भएका छन्।

मन्त्रिपरिषदको मंगलबारको बैठकले उनलाई अतिरिक्त प्रहरी महानिरीक्षकबाट महानिरीक्षकमा बढुवा गरेको हो।

बोलीमा नम्र, आफ्नो मातहतका प्रहरी अधिकृत तथा अन्य कर्मचारीलाई कहिले पनि ठूलो स्वरले नबोल्ने तर कानुन तथा आचारसंहिता विपरित काम गर्नेलाई कठोर कारबाही गर्ने हिम्मत राख्ने उनी एक अब्बल प्रहरी अधिकृत हुन्।

प्रहरी संगठनको विभिन्न जिल्लाहरूको प्रमुखदेखि महानिरीक्षकको सचिवालयसम्मका कामको जिम्मेवारी सम्हालेका उनले प्रहरी प्रवक्ताको रुपमा समेत काम गरिसकेका छन्।

नेपाल प्रहरीको काठमाडौंको इन्चार्ज भएर पनि उनले आफ्नो दक्षता देखाएका छन्। बुबा पनि प्रहरी संगठनका एक अब्बल अधिकृत थिए।

२०२५ साल मंसिर २३ गते भक्तपुरको कटुन्जेमा जन्मेका क्षेत्रीले प्रहरी निरीक्षकको रुपमा २०४९ साल बैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

संयुक्त राष्ट्रसंघको मिसनमा उनी पूर्वी टिमोर, डार्फर तथा बोस्नियामा समेत गए। निरीक्षक हुँदा विभिन्न जिल्ला, प्रहरी महानिरीक्षकको सचिवालय तथा पुलिस एकेडेमीमा रहेर पनि उनले काम गरिसकेका छन्।

प्रहरी नायव उपरीक्षक हुँदा महानिरीक्षकको सचिवालय, धादिङ तथा सिन्धुपाल्चोकमा रहेर क्षेत्रीले काम गरेका छन्।

प्रहरी उपरीक्षकको रुपमा उनले कास्की र झापामा रहेर काम गरे। जिल्लामा रहेर काम गर्ने प्रहरी अधिकृत कुनै न कुनै विवाद रहने गरेता पनि उनको कार्यकालमा कहिले पनि त्यस्ता विवादका घटना सुन्नु परेन।

झापामा प्रहरी प्रमुख भएर आएका बेला उनले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको निरीक्षणमा प्रहरी जवानहरूलाई भनेका थिए, ‘म आएको बेला तिमीहरूसंगै खाना खान्छु है। तिमीहरूलाई जे पाक्छ म त्यही खान्छु। म भनेर छुट्टै खाना तयार नगर्नु।’

प्रहरी नायव महानिरीक्षक भएपछि उनी काठमाडौं मेट्रोको प्रमुख भए। फेरि उनी महानिरीक्षककै सचिवालयमा आए।

उनका बुवा शम्भु थापा क्षेत्री पनि प्रहरी नायव महानिरीक्षक भएपछि सेवानिवृत्त भएका थिए। शैलेस थापा क्षेत्रीको कार्यकाल २३ महिनाको हुनेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →