Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

शुरु हुँदै एसईई, २ हजार ७ परीक्षा केन्द्र

९ बैशाख,   खबरमञ्च,   at 6:41 AM

By   /  April 22, 2022  /  Comments Off on शुरु हुँदै एसईई, २ हजार ७ परीक्षा केन्द्र

    Print       Email

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । 

विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो ।

दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।

एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ । 

बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी  सहभागी हुँदैछन् । 

एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

Read More →