Loading...
You are here:  Home  >  शिक्षा

शिक्षा

लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

  काठमाडौं । लोक सेवा आयोगले चैत महिनामा हुने विभिन्न सेवाका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै चैत ८ गते शनिबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालमा पनि भित्रिन सक्ने जोखिमलाई […]

चैत महिनामा हुने भनिएका विश्वविद्यालयतहका सबै परीक्षा स्थगित

काठमाडाैं । सरकारले विश्वविद्यालय अन्तर्गत चैत महिनामा सञ्चालन हुने सबै परीक्षा पनि स्थगित गरेको छ। केहीबेरअघि बिहीबारदेखि सुरू हुने एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेकाे हाे । बुधवार साँझ बसेकाे नेकपा सचिवालय बैठकले विश्वविद्यालयतहका परीक्षा पनि स्थगित गर्न सुझाव दिएपछि यस्ताे निर्णय लिइएकाे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]

एसईई परीक्षा स्थगित गर्ने सरकारकाे निर्णय

काठमाडौँ । कोरोना भाइरसको त्रासका कारण र व्यापक जनदवावपछि सरकारले एसईई परीक्षा पनि स्थगित गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेकोे हो । यसवर्षकाे एसईई परीक्षा भाेलिबाट सुरु हुने तालिका थियाे ।

चैत मसान्तसम्म सबै शिक्षण संस्था बन्द, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

  काठमाडौं । सरकारले चैत मसान्तसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र सबै विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यसबाहेक […]

बिदा सुरू भएपछि बालबालिकालाई घरबाहिर निस्कन नदिनुस्ः शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहका बालवालिकाहरुलाई अर्को शैक्षिक सत्र शुरु नहुँदासम्म घरबाहिर निस्कन नदिन अभिवाकसंग अपिल गरेकाे छ । मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै विद्यालयहरूकाे विदा सुरू भएकाे भन्दै बालबालिकालाई घरमै राख्न  आग्रह गरेको हो । परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन हप्ता देशभरका करीव ७० लाख […]

अब विद्यालय खुल्ने समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म

काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको […]