Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

शिक्षकलाई बेतलबी विदा दिने निर्णयबाट पछि हटे निजी विद्यालयका सञ्चालक

४ साउन,   खबरमञ्च,   at 8:04 PM

By   /  July 19, 2020  /  Comments Off on शिक्षकलाई बेतलबी विदा दिने निर्णयबाट पछि हटे निजी विद्यालयका सञ्चालक

    Print       Email

काठमाडौं । शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने घोषणा गरेका निजी विद्यालय सञ्चालक सो निर्णयबाट पछि हटेका छन्।

प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो।

प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तै इस्टुले घोषणा गरेको प्याब्सन, एनप्याब्सन केन्द्रीत आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ ।

यस्तै शिक्षक कर्मचारीले २०७६ चैत मसान्तसम्मको सम्पूर्ण बक्यौता विद्यालयहरुले तत्काल भुक्तानी गर्ने सहमति भएको छ भने लकडाउनको अवधिमा अध्यापन नभएको समयको पारिश्रमिक व्यवहारिक रुपमा भुक्तानी गर्दै जाने समझदारी भएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना नियन्त्रणमा आइसकेकाे छैन, तत्काल परीक्षा लिने कुरा नगराैंः नेविसंघ

Read More →