Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

शनिबार ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१ कात्तिक,   खबरमञ्च,   at 4:21 PM

By   /  October 17, 2020  /  Comments Off on शनिबार ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा शनिबार ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या १२९३०४  पुगेको हो।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय  जना कोरोना संक्रमित निको भएका छन्।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ।

देशभर ३८ हजार ७३७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ७२७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा थप दुईजना काेराेना संक्रमितकाे मृत्यु

Read More →