Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

वैशाख र जेठमा हुने त्रिविका सबै परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित

२८ चैत,   खबरमञ्च,   at 8:57 PM

By   /  April 10, 2020  /  Comments Off on वैशाख र जेठमा हुने त्रिविका सबै परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित

    Print       Email

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिविले कोभिड–१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो । वैशाख र जेठमा सञ्चालन गरिने परीक्षामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे क्रमशः वीएस्सी, बिबिएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा तथा पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा रहेका थिए ।   रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बजेटमा उल्लेख आफ्नो मन्त्रालयको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैले गरे विरोध

Read More →