Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको ओलीको दाबी

२४ साउन,   खबरमञ्च,   at 9:06 PM

By   /  August 9, 2022  /  Comments Off on वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको ओलीको दाबी

    Print       Email

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको बताएका छन् ।

सामुदायिक वन दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।

उनले वनको सदुपयोग गरि मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Read More →