Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

वीरगन्जमा पनि बर्डफ्लु

२८ फागुन,   खबरमञ्च,   at 5:26 AM

By   /  March 12, 2022  /  Comments Off on वीरगन्जमा पनि बर्डफ्लु

    Print       Email

वीरगन्ज । वीरगन्जमा पनि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ ।

वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो । बर्ड फ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् । 

फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । 

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताए ।  

बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाइ सिल  गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए ।

भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको यादवले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुःखदः ओली

Read More →