Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

वीरगञ्जमा उपचार गराइरहेका चारजना कोरोना भाइरस संक्रमित निको भए, निको हुने १६ पुगे

१३ बैशाख,   खबरमञ्च,   at 7:56 PM

By   /  April 25, 2020  /  Comments Off on वीरगञ्जमा उपचार गराइरहेका चारजना कोरोना भाइरस संक्रमित निको भए, निको हुने १६ पुगे

    Print       Email

विर्तामोड । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका पाँचजना कोरोना संक्रमितमध्ये चार जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्।

पाँच जनामध्ये चार जनाको लगातार दोस्रो पटक परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ।

यसरी परीक्षण नेगेटिभ आउने चार जनामा तीन भारतीय नागरिक र एकजना नेपाली हुन्।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले दुई वटा परीक्षण लगातार नेगेटिभ आएपछि डिस्चार्जको तयारी भैरहेको बताए। योसंगै कोरोना संक्रमणलाई जित्नेहरुको संख्या १६ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका एक जनासहित थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →