Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

वीरगञ्जमा आज दुईजना काेराेना भाइरस संक्रमितकाे मृत्यु

१७ साउन,   खबरमञ्च,   at 10:29 PM

By   /  August 1, 2020  /  Comments Off on वीरगञ्जमा आज दुईजना काेराेना भाइरस संक्रमितकाे मृत्यु

    Print       Email

वीरगञ्ज। वीरगन्जमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिए।

वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा.सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जानकारी दिए ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण प्रदेश २ मा भयावह बन्दै

Read More →