Loading...
You are here:  Home  >  अपराध  >  Current Article

विस्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

२१ मंसिर,   खबरमञ्च,   at 1:03 PM

By   /  December 7, 2019  /  Comments Off on विस्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

    Print       Email

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ४ जलजलाको पोख्राङबाट विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेको छन्।

प्रहरीले चैनपुर नगरपालिका ५ का यामप्रसाद गौतमलाई पाँचखपन ८ जलजलाबाट पक्राउ गरेको जनाएको छ।

विप्लव कार्यकर्ता गौतमलाई प्रहरीले पाँचखपन ८ बाट शुक्रबार पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको हो।

प्रहरीले विप्लव कार्यकर्ता गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाले बताए।

गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला १५ थान, सेप्टी प्यूज ९.९५ मिटर, नन्‍इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तकहरू, एक थान मोबाइल र दुई थान सिमकार्ड फेला परेको संखुवासभा प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा गाउँपालिकामा सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित ब्राउनसुगर बरामद

Read More →