Loading...
You are here:  Home  >  छापामा  >  Current Article

विश्वयुद्धका चारवटा बम फेला परेपछि हजारौं मानिसले घर छाडे

२९ पुस,   खबरमञ्च,   at 7:20 AM

By   /  January 14, 2020  /  Comments Off on विश्वयुद्धका चारवटा बम फेला परेपछि हजारौं मानिसले घर छाडे

    Print       Email

काठमाडौं। जर्मनीको पश्चिमी सहर डार्टमुन्डमा हजारौं मानिस आफ्नो घर छाडेर जान बाध्य भएका छन्। यहाँ दोस्रो विश्वयुद्धका चारवटा बम फेला परेका छन्।

यसलाई निष्क्रिय पार्ने तयारी सुरु गरिएको छ। प्रशासनले हालै मात्र दुई स्थानीय अस्पताल खाली गराएको छ। मानिसको बसोबासका लागि स्कुल खोलिएका छन्।

१४ हजार मानिसलाई  उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जानका लागि भनिएको छ। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।

सहरको रेल्वे स्टेसन बन्द गरिएको थियो र आइतबार दिउँसोबाट सञ्चालन गरिएको छ। सबै रेलको बाटो परिवर्तन गरिएको छ। दोस्रो विश्वयुद्धको ७५ वर्षपछि जर्मनीमा लगातार बम फेला पर्न थालेका छन्।

यसलाई निष्क्रिय गर्न ठूलो संख्यामा स्थानीय मानिसलाई हटाउनुपर्ने गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै, एक सय जनामध्ये ८९ जना निको भए

Read More →