
झापा । विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त साविक च्याम्पियन फ्रान्स र दुई पटकको विश्व विजेता अर्जेन्टिनाबिच हुने भएको छ।
बुधबार राति कतार स्थित अलबायत स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकन टोली मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
फ्रान्स विश्वकपको लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने छैटौं टिम बनेको छ।
युरोपियन जायन्ट फ्रान्सले समग्रमा चौंथो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो। यसअघि फ्रान्सले १९९८, २००६ र २०१८ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो।
जसमा फ्रान्स १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो।