
काठमाडौं । नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।
सोमबार प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन् ।
कोरोना कहरका कारण भन्दै सिमित साथीभाई र आफन्त माझ श्वेता र विजयन्द्र स्वयवको हिन्दू परम्परा अनुसार बिबाह भएको हो । श्वेताका दुलाह विजयन्द्र सिंह रावत घनगडीबासी हुन् ।
व्यापारिक घरनाका विजयन्द्र र नायिका श्वेता एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुई परिवारको सहमतीमा उनीहरुले बिबाह गरेका हुन् ।