Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विवाद समाधानका लागि बालुवाटारमा ओली-प्रचण्ड छलफल जारी

१९ असार,   खबरमञ्च,   at 12:36 PM

By   /  July 3, 2020  /  Comments Off on विवाद समाधानका लागि बालुवाटारमा ओली-प्रचण्ड छलफल जारी

    Print       Email

काठमाडाैं । पार्टीभित्रको बढ्दाे विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरूबीच वार्ता जारी रहेकाे श्राेतले जनाएकाे छ ।

भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बताइएकाेछ।

नेकपाकाे स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने माग बढ्न थालेपछि निम्तिएका परिस्थितिले नेकपाभित्रकाे विवाद उत्कर्षमा पुगेकाे छ ।

बिहीवार मन्त्रीपरिषदकाे बैठकले अकस्मात संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँग थप पेचिलाे बनेकाे नेकपा विवाद समाधानका लागि स्थायी कमिटी बैठकले सहमति जुटाउन एक दिनका लागि समय छुट्याएको छ। साेही बमाेजिक यतिबेला अन्तिम सहमतिका लागि दाैडधूप चलिरहेकाे छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा माओवादी पार्टीकाे घाेषणा

Read More →