Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन सदनमा पेश हुँदै

२६ चैत,   खबरमञ्च,   at 12:45 PM

By   /  April 8, 2021  /  Comments Off on विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन सदनमा पेश हुँदै

    Print       Email

काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुने भएको छ ।

प्रतिनिधि सभाको विहीवारको सम्भावित कार्यसूचीमा उक्त विधेयकको प्रतिवेदनलाई समिति सभापति कल्याणी खड्काले सदनमा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

समितिबाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने भन्दै सर्वत्र विरोध भइरहेको छ ।

विधेयक पारित भए फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्नेछ भने विधेयकको प्रतिवेदनमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गर्न बन्देज लगाइने उल्लेख छ । यस्तो कार्यमा संलग्न भए पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने कडा प्रावधान राखिएको छ ।

विधेयकको प्रतिवेदन अनुसार राष्ट्रिय एकता र स्वाधीनतामा खलल पुग्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा र सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउँदा ५ वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने उल्लेख छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हरेक वर्ष अनलाइन सञ्चारमाध्यम नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न सर्वाेच्चकाे आदेश

Read More →