Loading...
You are here:  Home  >  अपराध  >  Current Article

विर्तामोडको गोपाल एग्रोभेट्सका सञ्चालक गौतम ब्राउनसुगरसहित पक्राउ

२७ भदौ,   खबरमञ्च,   at 1:23 PM

By   /  September 12, 2020  /  Comments Off on विर्तामोडको गोपाल एग्रोभेट्सका सञ्चालक गौतम ब्राउनसुगरसहित पक्राउ

    Print       Email

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–३ बाट लागुऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्।

विर्तामोड-३ मा रहेको गोपाल एग्रोभेट्सका सञ्चालक गोपाल गौतमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।

गोपाल गौतमले सञ्चालन गरेको गोपाल एग्रोभेट्समा लागुऔषध ब्राउन सुगरको कारोवार हुने गरेको सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा २२ ग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।

गौतममाथि अनुसन्धान भइरहेको इप्रका अनारमनी विर्तामोडले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

Read More →