Loading...
You are here:  Home  >  समाज  >  Current Article

विर्तामोडको अर्को इतिहास ढल्यो, समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा निधन

९ कात्तिक,   खबरमञ्च,   at 12:36 PM

By   /  October 25, 2020  /  Comments Off on विर्तामोडको अर्को इतिहास ढल्यो, समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा निधन

    Print       Email

बिर्तामोड । झापा बिर्तामोडको एउटा इतिहास रहेका समाजसेवी पर्शुराम ढकालको निधन भएको छ।

झापा विर्तामोड –५ निवासी समाजसेवी ढकालको ९९ वर्षको उमेरमा कात्तिक ९ गते आइतवार  विहान १०ः१५ मा स्वर्गारोहण भएको हो।

स्व. ढकालका छ जना छोरा, एक जना छोरी, सात जना नाति, १३ जना नातिनी, तीन जना पनाति, पाँच जना पनातिनी रहेका छन् ।

स्व. ढकालका छोरा – वुहारीहरुमा स्व.मदन – सावित्रा ,  मोहन –शिला , लक्ष्मण –दुर्गा ,  स्व.भरत – भगवति ,अरुण –स्व.विमला र सुरेश – तारा ढकाल रहेका छन्।

त्यस्तै एक जना छोरी –ज्वाईं दुर्गा –भिष्म आचार्य रहेका छन्।

स्व. ढकालका छोराहरुमध्ये मदन झापाका अग्रज पत्रकार हुन् भने उनी पूर्वाञ्चल दैनिकका तत्कालिन प्रधानसम्पादक हुन्। स्व. मदनको २०७४ साल मंसीर २३ गते स्वर्गारोहण भएको थियो।

त्यस्तै मोहन विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायत विभिन्न संस्थामा आवद्ध छन् भने वुहारी शिला वीरता लेडी जेसीजकी आजीवन सदस्य हुन्।

त्यस्तै सुरेश सजिलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने वुहारी तारा सृजनशील वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक हुन्।

खबरमञ्च परिवार स्व. ढकालप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा, अनियमितताको आरोपमा

Read More →